जनप्रतिनिधिबीचको विवादले डेढ दर्जन स्थानीय तहले अझै बजेट ल्याएनन

भाद्र ३०, २०७६

भक्तपुरको मध्यपुर थिमी नगरपालिका अन्तर्गत ५ सयभन्दा बढी शिक्षक कर्मचारी छन् । तर तिनले साउन महिनाको तलब अझै पाएका छैनन् किनभने नगरपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट नै बनाएको छैन । जसको असर सरसफाइ र विकास निर्माणदेखि नक्सा पासको काम समेत प्रभावित छ । नगर प्रमुख नेकपाका रहेको नगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ । आफ्नो स्वार्थका योजना समावेश गर्ने विषयमा दुई दलका जनप्रतिनिधिबीच कुरा नमिलेकाले 

बजेट कहिले आउँछ भन्ने अत्तोपत्तो छैन । 

स्थानीय तहले असार मसान्तसम्म अनिवार्यरुपमा नयाँ आर्थिक वर्षको बजेट ल्याइ त्यसको जानकारी प्रदेश र केन्द्र सरकारलार्इ गराउनुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार डेढ दर्जन स्थानीय तहले अझै नगर परिषद गर्न सकेका छैनन् । तर स्थानीय तह स्वायत्त भएकाले केन्द्रले हस्तक्षेप गर्न सक्दैन । 

जनप्रतिनिधिले आफ्ना स्वार्थका योजनामा अडान लिएर बजेट नै नल्याउने कि  विकासका कामलाई तिब्रता दिने जनतासामु गरेको वाचा सम्झने ?