जग्गा दलालका कारण बाराको सिमराका एउटा वस्ती नै विस्थापनको संघारमा

भाद्र ३०, २०७६

तनहुकी तारा गुरुङको परिवार आफ्नो सबै जायजेथा बेचेर २०६७ सालमा जितपुर सिमरा उप-महानगरपालिका ३ मा बसाईं सरेको थियो ।  बसाईं सराईं पहिले गुरुङ परिवारले सिमरामा जग्गा किनेर घर बनाएको थियो । तर घर रहेको जग्गा दलालले कीर्ते गरेर बेचेको खुलेपछि ताराको परिवार यतिखेर छाागाबाट खसेजस्तै भएको छ । 

पहाडमा उकाली ओराली गर्न गाह्रो भएको भन्दै त्यहााको पुख्र्यौली सम्पति बेचेर यहाा बसाईंसराईं गरेका ४० परिवार दलालको कीर्ते कारोबारका आफ्नै घरमा बस्नका लागि अनुमति माग्नुपर्ने अवस्थामा पुगेका छन् ।

४० परिवारसाग जग्गाधनी पूर्जा र तिरो तिरेको रसिद दुवै छ । सबैको घरमा बिजुली र खानेपानी समेत पुगेको छ । वडाध्यक्षले प्रगुण शम्शेर जबरा र करुणा राणालाई ती जग्गामा घर नभएको भनी घरबाटाको सिफारिस दिएपछि वास्तविकता सतहमा आएको हो ।

राज्यलक्ष्मी देवी राणाको नाममा दर्ता रहेको साविक कित्ता नम्बर पााचको सात बिगाहा १७ कठ्ठा १० धुर जग्गा सुरुमा ललितपुर महानगर २ का सरोज शम्शेर राणाले वारेसनामा देखाएर बेचे । तीन कित्तामा कित्ताकाट गरी बाबुराम ढकाल, सञ्जु आचार्य र ईश्वरकुमार श्रेष्ठको नाममा दर्ता भएको जग्गा पटक पटक वेचबिखन भएर १ सय २७ वटा कित्ता कायम भइसकेको छ । राज्यलक्ष्मीकी बुहारी करुणाले सासुले कसैलाई वारेसनामा नदिएको भन्दै दायर गरेको मुद्दामा ललितपुर जिल्ला अदालतले जग्गा राज्यलक्ष्मीकै नाममा कायम रहने फैसला ..... -कहिले) गरेको छ । जग्गा किनेर घर बनाएका ४० परिवार उठिबासको अवस्थामा पुगेकाले कीर्ते प्रकरणका दोषीलाई  कारबाहीको दायरामा ल्याउन ढिलाइ गरिनु हुादैन ।