मलेसिया रोजगारीका लागि आजबाट श्रम स्वीकृति

भाद्र ३०, २०७६

स्वास्थ्य परीक्षण र भिसा प्रक्रियामा कामदारसँग अवैधरुपमा चर्को शुल्क असुलेको भन्दै मन्त्रालयले गत वर्ष जेठको पहिलो साता चार दर्जन संस्थालाई कारबाही गरेपछि १५ महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । वैदेशिक रोजगार व्यवसायीले ३ वर्ष करार अवधि रहेका पुराना मागपत्रमा समेत अन्तिम श्रम स्वीकृति दिन माग गरेका छन् । 

नेपाल र मलेसियाबीच गत विहिबार सहसचिवस्तरको प्राविधिक समितिमा कारबाहीमा परेकै संस्थामार्फत स्वास्थ्य परीक्षण र भिसा प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । सम्झौता अनुसार स्वास्थ्य परिक्षण र अध्यागमन सुरक्षा दस्तुर वापतको करिब साढे दश हजार रुपैयाँ मलेसिया जानुअघि कामदार आफैंले बुझाउनु पर्नेछ । त्यो रकम रोजगारदाताले कामदारलाई पहिलो महिनाको तलबमा थपेर दिनेछन् ।