अर्घाखाँचीका पसलैपिच्छे उपभोग्य सामग्रीको मूल्य फरक

भाद्र २९, २०७६

केही महिनाअघिसम्म सन्धिखर्कमा १३ सय रुपैयाामा पाइने २५ किलोको चामलको बोरालाई अहिले १५ सय ५० रुपैयाा तिनुपर्छ । एउटा पसलमा यसको मूल्य १५ सय ५० भए पनि अर्को पसलमा भने त्यही चामलको मूल्य फरक छ । चामल मात्र होइन, यहा दैनिक उपभोग्य बस्तु दाल, चिनी, तेल, ग्यास लगायतका सामानको भाउ पसलैपिच्छे फरक छ । 

चाडवाड नजिकिादै गरेको मौका छोपेेर व्यापारीले आफूखुसी भाउ बढाएका छन् । पसलहरुमा मूल्यसूची नहुादा उपभोक्ता एउटै बस्तुलाई पसलैपिच्छे फरक-फरक मूल्य तिर्न बाध्य छन् ।   

दैनिक उपभोग्य बस्तुको भाउ कस्तो छ भनेर स्थानीय प्रशासनले अहिलेसम्म बजार अनुगमन गरेको छैन । यसअघि भएका बजार अनुगमन पनि प्रभावकारी नहुादा व्यापारीको मनोमानी बढेको छ । उपभोक्ता ठग्ने व्यापारीमाथि प्रशासनले कारबाही नगरी छाडिदिादा व्यापारीहरुको मनोमानी बढेको हो । 

सरकारी अधिकारीले मूल्यसूची राख्न निर्देशन दिएको बताए पनि अधिकाश  व्यापारीले आफ्ना पसलमा मूल्यसूची राखेका छैनन् । यस्तै, कर छली गर्न  चुत्रे र सन्धिखर्कका झण्डै .व्यापारीले व्यवसाय दर्तै नगरी सञ्चालन गरिरहेका छन् । व्यवसाय दर्ता नगर्नेर प्यान नम्बर नलिई कारोबार गर्ने व्यवसायीमाथि पनि प्रशासनले कारबाही गर्न सकेको छैन । स्थानीय प्रशासन फितलो भएकै कारण कालोबजारी मौलाएर उपभोक्ता ठगिएका हुन् ।