झापाका दुई स्थानीय तहका विद्यालयमा आफ्नै पाठ्यक्रम

भाद्र २९, २०७६

राष्ट्रिय शिक्षा नितिले मानिसको कार्यक्षमता वृद्धिमा जोड दिएको छ । मानवता र विवेकसहितको शिक्षाले व्यवहारिक जीवनमा सहज बनाउने विश्वासका साथ विर्तामोड नगरपालिकाले आचरण संचेतनासहितको पाठ्यक्रम लागू गरेको छ । स्थानीय आवश्यकता अनुरुप स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाई आधारभूत तहसम्म पठनपाठन गर्न सक्ने संवैधानिक ब्यवस्था छ । विद्यार्थीको जीवनमा आचरण संचेतना शिक्षाले परिवर्तन गर्ने र बढी उपयोगी हुने पाठ्यक्रम निर्माण समितिको विश्वास छ ।  

संविधानको मौलिक हकमा आफ्नो मातृभाषामा शिक्षा पाउने उल्लेख भएअनुरुप हल्दीवारी गााउपालिकाले दीपेन्द्र प्रा.वि. को कक्षा १ मा मेचे भाषाको पठनपाठन यसै शैक्षिक सत्रबाट शुरु गरेको छ । हल्दीवारीमा करिव पााच हजारको संख्यामा रहेको मेचे जाति नेपालको लोपोन्मुख समुदाय हो । आचरण संचेतना शिक्षा विर्तामोड नगरपालिकाको १८ वटा सामुदायिक र ४५ संस्थागत विद्यालयको  कक्षा ३ र ४ विद्यार्थीलाई अनिवार्य गरिएको छ । मेचे भाषाको पठनपाठन भन्ो हल्दीबारीको एक प्राथमिक विद्यालयमा मात्रै हुने गरेको छ ।