स्थानीय तहमा पनि केन्द्रकै मन्त्री हावी हुने प्रवृत्ति

भाद्र २९, २०७६

बाँकेको हिरमिनियामा ३८ करोड ९३ लाख रुपैयाामा निर्माण गरिएको यो फोहोर प्रशोधन केन्द्रको उद्घाटन नेपालगन्ज उपमहानगर आफंैले गर्ने पक्षमा  थियो ।  तर संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले उपमहानरको योजना विथोल्दै मन्त्रालय र विभागका सचिवदेखि महानिर्देशकसमेत लाई ल्याएर ठूलो तामझामका साथ आफैंले उद्घाटन गरे । 

अहिले राजनीति गर्ने होइन । यसका लागि अझै दुईतीनवर्ष बााकी छ । विकासका लागि अगाडि बढ्ने हो । त्यहीअनुसार अगाडि बढ्नुपर्छ । निर्विवाद रुपमा निर्माण भएको यो डम्पिङ साइट  उद्घाटनको विषयमा भने निकै विवादित बन्यो । मन्त्री राईले स्थानीय सकारको भूमिकालाई कुण्ठित गर्न थालेको भन्दै नेपालगन्ज उपमहानगरका उप-प्रमुखसहित अधिकांश जनप्रनिधिले संघीय सरकारको हस्तक्षेपको विरोधस्वरुप मन्त्रीको कार्यक्रम नै बहिष्कार  गरे । तर, नगरप्रमुख धवलशमशेर जबरा भने संघीय सरकारको मन्त्रालयले आउने आर्थिक सहयोग कटौती हुनसक्ने भयलेे कार्यक्रममा उपस्थित भएको जनप्रतिनिधिहरुको दाबी छ ।   

नेपालगन्ज उपमहानरमा मन्त्री राईको दबदबा  निकै बढेको बााकेका स्थानीय तहका जनप्रतिनिधिहरुको आरोप छ । यसले संघीय र स्थानीय सरकारबीच दूरी बढाएको छ । तसर्थ तीनै तहका सरकारले आ-आपmनो कार्यक्षेत्रभित्र रहेर काम गर्ने हो कि ?