कान्छो जिल्ला रुकुम पूर्वमा सदरमुकाम विवादले संरचना नै बनेनन्

भाद्र २९, २०७६

वि.सं. २०३० सालअघि साविक रुकुम जिल्लाको मुकाम रुकुमकोटलाई ४४ वर्षपछि नयाा जिल्ला रुकुमपूर्वको अस्थायी सदरमुकाम तोकियो । गतवर्ष सरकारले फेरि रुकुमपूर्वको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउापालिकाको गोलखाडामा तोक्यो । यसपछि राजधानी रुकुमकोट की गोलखाडा भन्ने विवाद चर्कियो । सर्बोच्च अदालतमै पूगेको यो मुद्धा अहिले बिचाराधिन छ । सदरमुकामको टुंगो नलाग्दा यहाको विकासमा बाधा पूगेको छ ।

सदरमुकामका लागि बन्नुपर्ने आधारभुत भौतिक संरचनाका लागि प्रक्रिया समेत सुरु हुन सकेको छैन । साविक ईलाका प्रशासन कार्यालय रहेको स्थानमा जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको कार्यालय राखिएको छ । ईलाका प्रहरी कार्यालय रहेको स्थानमा स्थापित जिल्ला प्रहरी कार्यालयलाई भवन नपूगेर नजिकैको विद्यालयमा समेत राखिएको छ । सबैजसो कार्यालय साघुारा र जीर्ण भवनमा राखिएपछि सेवा प्रवाहमै कठिनाइ भएको छ । भवन अभावकै कारण सेवा प्रवाह चुस्त-दुरुस्त बनाउन नसकिएको सरकारी अधिकारीको भनाइ छ । सदरमुकाम विवादको टुङ्गो लाग्न सके भौतिक पूर्वाधारको व्यवस्थापन र निर्माण थाल्न बाटो खुल्ने थियो । यसपछि सेवामा सुधार हुने स्थानीयको अपेक्षा  छ ।