के नेपाल कूटनीतिक रूपमा चेपुवामा परेको हो ?

भाद्र २९, २०७६

पछिल्लो तीन साताकै बीचमा दक्षिण र उत्तर दुवै छिमेकका विदेशमन्त्रीले नेपालको भ्रमण गरे । भारत र चीन दुवै देशका विदेशमन्त्रीको भ्रमण मूलतः राजनीतिक एजेन्डामै केन्द्रित रह्यो । त्यसमा पनि चिनियाँ विदेशमन्त्रीले दुई देशको चासोका विषयभन्दा आफ्नो बेल्ट एन्ट रोड इनिसिएटिभको प्रतिवादमा आएको मानिने अमेरिकी रणनीति इण्डो-प्यासिफिकमा नेपालको धारणा खोजेको देखियो । र, त्यसप्रति अमेरिकाले पनि तत्कालै चासो प्रकट गरेको छ । यसले नेपाल कूटनीतिक रूपमा चेपुवामा परेको त होइन ? यसै सन्दर्भमा नवराज पाण्डेले परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदनकुमार भट्टराईसँग कुराकानी गरेका छन्।