Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०७६

भाद्र २८, २०७६

आजको मुख्य समाचार -

* कांग्रेसको लिखित असहमतिपछि नागरिकता विधेयक थप पेचिलो / वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको समयसीमा नमान्ने अडान / संसदीय समितिको बैठक पनि अनिश्चित । 

* पार्टीमा बलियो पकड बनाएपछि ओली, अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने पक्षमा / अर्का अध्यक्ष दाहाल भन्छन्–  प्रधानमन्त्री बन्न हतार छैन ।    

* सार्वजनिक संस्थान सञ्चालनमा स्पष्ट नीति नहुँदा नेता र कर्मचारीलाई चलखेल गर्ने मौका / घाटामा गएर खारेज भएका कम्पनी पनि लहडका भरमा ब्यूँत्याउने खेल ।  

* साउदी अरबका २ वटा तेल प्रशोधन कम्पनीमा ड्रोन आक्रमण / हुथी विद्रोहीद्वारा आक्रमणको जिम्मा / थप आक्रमण हुन सक्ने चेतावनी ।

*  नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुन: निर्वाचित / दक्षिण एसियाली खेलकुद सफल पार्न लागिपर्ने प्रतिबद्धता ।