थारु युवाले सीप सिकेपछि कञ्चनपुरका भारतीय मजदुर विस्थापित

भाद्र २५, २०७६

कुनै पनि निर्माण कार्यका लागि मजदुर पाउन केहीवर्ष अघिसम्म कञ्चनपुर मात्रै नभई सुदूरपश्चिममै मुस्किल पथ्र्यो । मजदुर खोज्न भारतीय क्षेत्र चाहार्नुपथ्र्यो । तर, अहिले यहााका थारु समुदायका युवा सीप सिक्दै दक्ष कामदारको रुपमा काम गर्न थालेपछि यो समस्या टरेको छ । जसले थारु युवालाई रोजगारी त दिएकै छ, स्थानीयस्तरमा दक्ष कामदारको अभाव पनि हट्दै गएको छ । 

भवन, सडक र ढल निर्माण लगायतका काममा अधिकांश थारु समुदायका युवा नै दक्ष कामदारको रुपमा संलग्न देखिन्छन् । उनीहरुलाई काम खोज्न कुनै समस्या छैन, ठेकेदार घरसम्मै पुग्छन् । थारु युवामा देखिएको मिस्त्री कामको लगावले भारतीय जनशक्तिको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको निर्माण व्यवसायी बताउाछन् । 

इमान्दार र काममा लगनशील हुने भएकाले थारु समुदाय रोजगारदाताको रोजाइमा सजिलै पर्छन् । मजदुरी लगायतका स-साना कामकै लागि खाडी मुलुक जानु नपर्ने नभएपछि थारु युवाहरु पनि खुसी छन् । कामप्रतिको उनीहरुले लगावबाट अन्य युवाले पनि प्रेरणा लिनु जरुरी छ ।