प्रदेश एकमा सत्ताधारी दलमै आरोप-प्रत्यारोप

भाद्र २५, २०७६

नेकपाका प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले भदौ १० गतेको बैठकमा भ्रष्ट्राचार र अनियमितता बढेकाले नेकपाको बदनाम भएको भन्दै आफुले प्रदेश सभा सदस्यले लगाउने लोगो फुकालेर हिड्नुपर्ने अबस्था आएको बताए ।  

नेकपाकै प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेतले भदौ २० गतेको बैठकमा सोलुखुम्बुका पााच वर्ष अघि बनाउन शुरू गरेका पााच वटा स्वास्थ्य केन्द्रका भवन नबनाई अलपत्र छाडेको र काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारले संरक्षण गरेको भन्दै सरकारको जवाफ मागे ।  

यी त केही दृष्टान्त मात्र हुन् । पछिल्लो समयमा सत्तारूढ दलकै अधिकांश प्रदेश सभा सदस्यले सरकारको आलोचनामा उत्रे ।  

प्रदेश सरकारले कृषि र भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखे पनि यी दुबै क्षेत्रको काम गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्री शेरधन राईले आफ्नै मातहत राखेका छन् । मुख्यमन्त्रीले मन्त्रालयमा समय नदिएका कारण यी दुबै मन्त्रालयमा बेथिति बढेको भन्दै प्रदेश सभा सदस्यले प्रश्न उठाउादै आएका थिए ।

सत्तारुढ दलकै प्रदेशसभा सदस्यको आलोचना खपिनसक्नु भएपछि नेकपा संसदीय दलको बैठक बसेको हो । बैठकले मन्त्रालयले गरेका कामको समग्र समीक्षा गरेको छ । 

प्रदेश सरकार गठनपछि नागरिकले विकास निर्माणले गति लिने र जनजीवीका र सामाजिक न्यायका क्षेत्रमा सेवा प्रवाह चुस्त हुन्छ भनेर आशा गरेका  थिए । तर प्रदेश सरकार गठन भएको डेढ वर्ष बित्दा समेत सरकारले जनभावना अनुसार काम गर्न नसक्दा सत्तारूढ दलका प्रदेश सभा सदस्यनै सरकारको खरो आलोचनामा  उत्रिन बाध्य भएका हुन् ।