सल्यान कपुरकोट क्षेत्रमा बजार र बस्ती पहिरोको जोखिममा

भाद्र २५, २०७६

सल्यानको  कपुरकोट बजार पहिरोको उच्च जोखिमा परेको छ । बजारको माथि र तलबाट राप्ती राजमार्ग भासिँदै गएकाले ५० भन्दा बढी घर बग्ने र पुरिने अवस्थामा पुगेका छन् ।

कपुरकोट  बजार उन्मुख क्षेत्र हो । राप्ती राजमार्गमा पर्ने यो बजार  वषर्ा र हिउादमा झर्ने पहिरोका कारण   उच्च जोखिमा परेको हो । बस्ती भएको  जमिन पनि निकै कमजोर हुदा  भासिादै गएको छ । पहिरोकै कारण बजारका केही पक्की घर पुरिएका छन् । यहााका मानिस कुन बेला पहिरोले घर पुरिने हो भन्ने डरले राति यी घरमा कोही बस्दैनन् । बजारको घरमा  दिनभर व्यवसाय गरेर ज्यान जोगाउन  राति अन्तै बासबस्न जान्छन् ।  

पहिरोका कारण बजार र  राप्ती राजमार्ग पनि जोखिममा छ । नजिकैको खाराबाट निरन्तर खस्न सक्ने  पहिरो नियन्त्रण  नगर्दा  बजारसागै स्थानीयबासी संकटमा परेका छन् । पहिरो रोकथामका लागि संघीय सरकारको सहयोगमा ३ करोड भन्दा बढि  बजेटमा पर्खाल र तारजाली लगाइए पनि अझै नियन्त्रण भएको  छैन ।

२०६८ सालदेखि पहिरो झरेकाले सडक भासिादै गएको छ  भने बजार आसपासका सबैजसो खेतीयोग्य जमिन बगाइसकेको छ । पहिरो रोकथामका लागि गृहमन्त्रालय विपद व्यवस्थापन महांशाखामा जानकारी गराए पनि खासै पहल हुनसकेको छैन 

पहिरो नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयास प्रभावकारी  हुन सकेका छैनन् । स्थानीय तहसाग पहिरो नियन्त्रण गर्न सक्ने योजना र  बजेट नहुादा संघीय सरकारको भरपर्नुपरेको हो ।