नेपालगञ्जको बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको कब्जामा

भाद्र २५, २०७६

नेपालगन्ज उपमहानगरसंगै जोडिएको जानकी गाउापालिकामा पर्ने करमोहनाको यो जग्गा  बागेश्वरी मन्दिरको हो ।  अहिले यहाा  ठूलो बस्ती छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जााचबुझ आयोगले गरेको स्थलगत अध्ययनका क्रममा १९६८ साल देखि नै  बागेश्वरीको ८४ बिघा जमिन बिभिन्न व्यक्तिको नाममा  दर्ता र बिक्री वितरण भइरहेको अभिलेख फेला परेका छन् । खास गरी २०२७ सालदेखि  पुजारीलाई तिरो तिरेका आधारमा मन्दिरको जग्गा व्यक्तिको नाममा  दर्ता गर्ने क्रम सुरु भएको पाइएको  छ ।  

खोजबिनका क्रममा एक सय ४० वर्ष पुराना निर्णय समेत फेला परेका छन् । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जााचबुझ आयोगले मन्दिरको  जग्गा ब्यक्तिको नाममा दर्ता गराएको र मालपोत कार्यालयमा १९३६ देखि २०५७ सालमा गरिएका जग्गा सम्बन्धी निर्णय फेला पारेको छ ।  २०२४ सालको  नापीले  बागेश्वरी मन्दिरका नाममा कायम गरेको जग्गा सर्वाेच्च अदालतले व्यक्तिकै नाममा  दर्ता गराई दिनु भन्ने आदेश गरेको थियो । यस्ता   बिभिन्न कानूनी प्रकृया अपनाएर व्यक्तिको नाममा पुगेको सरकारी र मन्दिरको जग्गा फिर्ता ल्याउन  आयोगले ठूलो चुनौतिको चुली चिर्नुपर्ने देखिन्छ ।