नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङको मुख्य चासो के थियो ?

भाद्र २५, २०७६

स्वदेश फर्कनु अघि मंगलबार बिहान चिनिया बिदेशमन्त्री वाङ यीले पूर्वप्रधानमन्त्रीद्वय सत्तारुण दल नेकपाका अध्यक्ष 

पुष्पकमल दाहाल र बिपक्षी दलका नेता शेरबहादुर देउवासंग भेटवार्ता गरेका थिए  । त्यसअघि राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटेका वाङले नेपालको राजनीतिक वातावरण,  सुरक्षा अवस्था तथा आर्थिक बिकासप्रतिको लक्ष्य तथा प्रतिवद्धताबारे चासो राखेका थिए ।  

मंगलबारको भेटवार्तापछि दाहालले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण बन्नुका साथै नेपाल चीनसम्बन्ध नयाँ उचाईमा पूर्याउने गरि आथिक सहयोग अभिबृद्धिको प्रतिवद्धता देखिएको प्रतिक्रिया दिए । 

बिदेशमन्त्री वाङको भ्रमणबाट चिनिया राष्ट्रपतिको स्वागतका लागि नेपाली पक्षको तयारी, सुरक्षा प्रबन्ध तथा बिआरआई अन्तर्गत नेपालले प्राथमिकता तय गरेको परियोजनाको निर्धारण लगायतका सन्देश बेइजिङ पुग्ने अपेक्षा छ । चिनीयाँ पक्षले राष्ट्रपतिको भ्रमण हुने हो भने त्यो ऐतिहासिक र स्मरणयोग्य हुनुपर्छ भनिरहेको सन्दर्भमा विदेश मन्त्री वाङले नेपाली पक्षको प्रतिवद्धता लिएर गएका छन् । 

नेपाल र चीनबीच सोमबार भएको उच्चस्तरिय द्धिपक्षीय छलफलका क्रममा पनि बिआरआई अन्तर्गतका परियोजना निर्धारण संगै केहि सांकेतिक सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएका छन। तर वाङको भ्रमणका क्रममा  सार्वजनिक भएका सहमतिकै आधारमा मात्र यसको मुल्याकन गर्नु भने हतारको टिप्पणी मात्र हुनेछ ।