भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जमा जोडियो पेट्रोलियम पाइपलाइन

भाद्र २५, २०७६

अमलेखगन्जस्थित पेट्रोलियम डिपो आज दुलही जस्तै सिंगारिएको थियो । आयल निगमको डिपो परिसरभित्र टेण्टमा सजाइएको समारोह स्थलभित्र नेपाल र भारत दुबै पक्षका सरकारी पदाधिकारीको बालो उपस्थिति थियो । त्यसअवसरमा पाईपलाईन परियोजनाको उद्घाटनले सहभागी मात्रै हषिर्त थिएनन् । निगमका अधिकारी पनि निकै उत्साहित थिए । निर्माण शुरु भएको ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने पाईपलाईन परियोजना नेपालभारतको सम्भवत पहिलो परियोजना हो । जो तोकिएको समयभन्दा एक वर्ष पहिले नै सम्पन्न भएको छ । दुबै देशका सरकार र सरकारी पदाधिकारीको सक्रिय समन्वयबाट समय अगावै सम्पन्न  यो परियोजनाले आउने दिनमा ईन्धनको आपुर्तिमा सहजीकरण गर्ने नेपाली पक्षको दाबी छ । 

पहिला भारतको बरौनी र काठमाडौको नजिकको दुरिमा रहेको रक्सौल डिपोबाट ट्याकंरमा ईन्धन ढुवानी हुंदैआएको थियो । यता विज्ञले भने इन्धनको मूल्य निर्धारणका लागि अलग्गै संयन्त्र बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिघण्टा पाइप लाइनबाट एक लाख ९२ हजार लिटर इन्धन आउँछ । पाईपलाईनबाट ईन्धन आउनेभएपछि ढुवानी लागतमा कमी भई प्रति लिटर दुई रुपैयाँ घट्ने र वाषिर्क ढुवानी वापतको दुई अर्ब वचत हुने  निगमको आकलन छ । यसका साथै बन्द हडताल वा अन्य कारणले प्रभावित हुंदैआएको ईन्धनको आपुर्तिमा अब कुनै अवरोध नहुने अपेक्षा गरिएको  छ ।