Kantipur Samachar | कान्तिपुर समाचार, २४ भाद्र २०७६

भाद्र २४, २०७६

आजको मुख्य समाचार -

* नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन / दुवै देशका प्रधानमन्त्रीद्वारा उद्घाटन / मोतीहारीबाट अमलेखगन्जमा आउन थाल्यो इन्धन / वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने ।

* प्रमुख नेताहरुसँगको भेटघाटमा चिनियाँ राष्ट्रपतिको भ्रमण नै विदेशमन्त्री वाङको मुख्य चासो /   तीन दिनको नेपाल बसाइमा राजनीतिक वातावरण र  सुरक्षा अवस्थाको मूल्यांकन । 

* एनसेलको पुँजीगत लाभकर प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्नेमा सांसदहरुको जोड / न्यायाधीशमाथि महाअभियोगको माग ।

* प्रधानसेनापति पूर्णचन्द्र थापाले गरे सम्पत्ति विवरण सार्वजनिक / भन्छन् - संवेदनशील सुरक्षा अंगका नाममा भ्रष्टाचार गर्ने छूट छैन । 

*  फिफा विश्वकप छनोट खेलमा नेपालको पहिलो जित / चाइनिज ताइपेई दुई-शून्यले पराजित /  अञ्जन विष्टले गरे दुवै गोल ।