Kantipur Samachar | कान्तिपुर समाचार, २३ भाद्र २०७६

भाद्र २४, २०७६

आजको मुख्य समाचार -

* चिनियाँ विदेशमन्त्री वाङद्वारा उच्चस्तरीय भेटघाट / राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे छलफल / द्विपक्षीय संयन्त्रमा पूर्वाधार निर्माण र विपद् व्यवस्थापन समझदारीमा हस्ताक्षर ।

* डेंगुको प्रकोप ५६ जिल्लामा फैलियो / एक महिनाको अवधिमा ६ जनाको मृत्यु / अधिकांश अस्पतालमा डेंगु परीक्षणबारे अन्योल / अनुमानकै भरमा बिरामीको उपचार ।

* सरकारको स्वीकृतिबिनै उद्योग, प्रतिष्ठानले राखेको हदबन्दीमाथिको जग्गालाई वैधानिकता दिने प्रयास / प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाले संशोधन गर्न खोज्दा मन्त्रीको असहयोग ।   

* बेलायतमा समय अगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री जनसन्को प्रस्ताव संसदबाट दोस्रो पटक पनि अस्वीकृत / आजबाट संसद पांच साताकालागि निलम्बित ।   

*  फिफा विश्वकप छनौटको आफ्नो दोस्रो खेलमा नेपालले आज चाइनिज ताइपेइसंग प्रतिस्पर्धा गर्दै  / अंकको खाता खोल्ने नेपालको लक्ष्य ।