लुम्बिनी-ढोरपाटन जोड्ने सडक आठ वर्षदेखि अलपत्र

श्रावण २९, २०७६

बहुबषिर्य योजना अन्तर्गत रहेको यो सडक सालझण्डीबाट सन्धिखर्क हुँदै ढोरपाटन पुग्न जम्मा एक सय ९५ किलोमिटर रहेको छ । त्यसमा अहिलेसम्म ७ किलोमिटर कालोपत्रै र ८७ किलोमिटर ग्राभेल भएको छ । २०६५ सालदेखि निर्माणकार्य सुरु भएको यो सडक निर्माणमा अहिलेसम्म राज्यको १ अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा पाँच सयभन्दा बढी घरघडेरी मासिने भन्दै स्थानीयले आठबर्षदेखि काम ठप्प पारेका छन् । 

एकतर्फी रुपमा ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडक  अन्योलमा  परेको छ । लामो समयसम्म विवाद कायम रहँदा ट्रयाक खोल्न नसकिएको बताउदै मुआब्जादिएर भएपनि पुरानै ठाउबाट ट्रयाक खोल्नुको बिकल्प नभएको योजना प्रमुखको भनाइ छ । 

मुलुकको एकमात्र हिमाली शिकार आरक्षण ढोरपाटनसम्म सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य हेर्दै ऐतिहासिक तथा धामिर्क स्थल घुम्दै ढोरपाटन शिकार आरक्षणसम्म पुग्ने अपेक्षा गरिएको छ ।  

यो सडक योजनाले  अर्घाखााची, बागलुङ्ग, रुपन्देही, पाल्पा, गुल्मी  प्युठान, रोल्पा सहित ७ जिल्लाका स्थानीय बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन्  ।