झुम्का कारागार बन्यो सुधारगृहको उत्तम नमुना

श्रावण २९, २०७६

कारागारभित्र कोही कैदीबन्दी पुस्तकालयमा पत्रपत्रिका र किताव पढ्दै गरेका भेटिन्छन् । कोही फर्निचरको काममा ब्यस्त छन् । कतिपयलाई मुढा बुन्न भ्याईनभ्याई छ । कोही भने संगीतमा रमाइरहेका भेटिन्छन् । कैदीबन्दीलाई सुधार्न कारागारभित्रै सीपमुलक र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन भएपछि सुनसरीको झुम्का कारागारमा रहेका कैदीबन्दीहरुको दैनिकी फेरिएको हो । 

सात बर्षअघि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निकै चर्चामा आएको झुम्का कारागारमा अहिले १७ सय २५ कैदीबन्दीहरु छन् । मुलुककै दोस्रो ठूलो कारागार भएपनि केही समय अघिसम्म यहााको अवस्था दयनीय थियो। पछिल्लो समय कारागारको अवस्थामा निकै सुधार आएको छ। 

कारागारलाई सुधार गृहका रूपमा परिवर्तन गर्न कैदीबन्दीका लागि फुटबल खेलमैदान, भलिबल तथा ब्याडमिन्टन कोर्ट, टेबलटेनिस, पुलहाउस, लुडो, क्यारामबोर्ड साथै कक्षा १० सम्म अनौपचारिक विद्यालयको समेत व्यवस्था गरिएको छ। स्वस्थ रहनका लागि व्यायाम स्थल पनि छ।

बिभिन्न सिपमूलक काम गर्न प्रेरित गर्दा उनीहरू मनग्ये आम्दानी गर्न सफल पनि भएका छन् । अपराध कर्म गरेपनि कारागारभित्रै सीप सिक्न पाउादा कैद भुक्तान गरिसकेपछि समाजमा पुर्नस्थापित हुन सहयोग पुग्ने अन्य कैदीबन्दीहरुको विश्वास छ ।