वैदेशिक रोजगारीबाट फर्केर सल्यानका युवा यातायात व्यवसायमा

श्रावण २९, २०७६

रोजगरीका लागि बिदेशिएका  धेरै सल्यानी युवा अहिले आफनै गाउघर फर्केर यातायात व्यवसायमा जुटेका  छन् । जिल्लामा सडक सञ्जाल बिस्तार भएकाले  अटो रिक्सा किनेर यात्रुलाइ सुबिधा  दिनुको साथै मनग्गे आम्दानी  गर्ने अवसरको  उपयोग गरेका छन् । 

अचेल सल्यानका अधिकांस स्थानमा  अटो रिक्सा पुग्छन । घरदैलोमै यातायातको सुविधा पुगेपछि  स्थानीयहरु पनि खुसी  देखिन्छन् । 

स्वदेशमै रोजगारी सृजना गर्ने घोषणा गरेको सरकारले रोजगारीको वातावरण बनाइदिए पुग्छ । 

लगानी गर्न र अवसरलाई उपलब्धिमा बदल्न हरेक युवा तयार छन् ।