रामेछाप–मन्थलीका बस्ती बाढीको जोखिममा

श्रावण ७, २०७६

लगातारको वर्षापछि रणजोर खोलामा आएको बाढी पसेर मन्थलीका किसानले लगाएको मकैबाली क्षति पुर्‍याएको हो । खेतमा पाकेको मकैबाली भित्र्याउने बेलामा  आएको रणजोर खोलाको बाढीले  नष्ट गरेपछि किसान समस्यामा परेका छन् ।  एकातिर  मकै वाली नष्ट बनाएको छ भने अर्कातिर खेतमा ढुङ्गा  थुपारिदिएपछि किसानले धानसमेत रोप्न पाएनन् । समयमा पानी नपर्दा किसानले ढिलो गरी खेतमा मकै बाली लगाएका थिए । यो बाली पनि किसानले भित्र्याउनउन पाएनन् । खेत पुरै बगर बनेकाले धान रोप्ने त कुरै भएन  । केही स्थानमा भर्खरै रोपेको धानको रोपेसहित खेत  कटान भएको छ  । त्यस्तै रणजोर खोलामा आएको बाढीकै कारण मन्थली नगरपालिका वडा नं १ तामाकोशी नदीमा रहेको झोलुङ्गे पुल र पुलसागै रहेको वस्तीसमेत जोखिममा परेको   छ । पुलसागै वस्ती रहेको क्षेत्रमा दुवै तिरवाट खोला पसेपछि उक्त क्षेत्र जोखिममा परेको हो ।