प्रदेश २ मा बाढीले साढे ३ अर्बका माछा नोक्सान

श्रावण ७, २०७६

लगातार चार दिनको मुसलाधारे वर्षाका कारण असारको अन्तिम साता आएको बाढी पोखरीहरुमा पसेपछि सबै माछा बगेरे गए । जसका कारण प्रदेश दुईका माछा किसान नोक्सानीमा  परेका हुन् । सुख्खा याममा पानीको समस्या भोग्दै आएका र वर्षायाममा डुवानमै परेका कारण तयारी माछा र भुरा बगाएपछि पोखरी लिजमा लिएर माछापालन व्यवसायगर्दै आएका कृषक मर्कामा परेका छन् । माछा पालन व्यबसायमा राम्रो आम्दानी हुन थालेपछि केहि वर्ष यता प्रदेश दुईमा यो व्यबसाय फस्टाउादै गएपनि बाढिले क्षति पु-याएपछि किसानलाई राहत स्वरुप उपलब्ध गराउने भुरा उत्पादन तर्फ संघ र प्रदेश सरकारको अहिले सम्म ध्यानै गएको छैन ।  साउन महिना भरि मात्र माछाको भुरा उत्पादन हुने समय छ । तर, बाढि गएको ९ दिन बितिसकेपनि प्रदेशको भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयले अहिलेसम्म क्षतिको सही तग्याङ्क समेत संकलन गर्न सकेको छैन ।  

२० हजार ६ सय ८८ हेक्टरमा व्यवसायिक रुपमा माछा उत्पादन हुदैआएको प्रदेश दुईमा असार अन्तिमको भेलले २३ सय हेक्टर भन्दा बढि जग्गामा रहेका पोखरीमा क्षति पु-याएको छ । प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा रहेको मत्स्य मानव संशाधन विकास तथा प्रवृधि परीक्षण केन्द्र, सिरहाको लहान र सप्तरीको फतेपुरमा रहेको सरकारी मत्स्य प्रजनन र्फमले बिभिन्न प्रजातीका माछाका भुरा उत्पादन गर्छन्  ।