पहिरोले मेची राजमार्ग बन्द हुँदा लाखौंको कृषि उपज कुहियो

श्रावण ७, २०७६

पहिरोका कारण अवरुद्ध सडक ६ दिनसम्म नखुल्दा पााचथर जिल्लाको याङवरक र हिलिहाङ गााउपालिकामा उत्पादित गोलभेडा लगायतका तरकारी लोड गरिएका गाडीमै कुहिएपछि सडकमा मिल्काउनुपरेको हो  ।

बाटोमै कुाहिदा किसान र व्यवसायीले लोडगरेको गोलभेडा बाटोमै फ्याकेका छन भने खेतबारीमा पाकेको तरकारी पनि कुहिनथालेको छ । गएको वर्ष भारतले निर्यातमा प्रतिबन्ध लगाउादा पाँचथरका ग्रामीण क्षेत्रमा उत्पादन भएको गोलभेडा २ रुपैया किलोमा पनि बिक्न सकेन । यो वर्ष उत्पादनको शुरुमै ५० रुपैंयाासम्ममा बिक्री भए पनि सडकमा झरेको पहिरोका कारण बजारसम्म पुग्न नसक्दा किसानले आफ्नो उत्पादन राजमार्गको छेउछाउमै फ्याक्नुपरेको छ । मेची राजमार्गको इलाम फिदिम सडक खण्ड अन्तर्गत पााचथरको फाल्गुन्द गाउापालिका ३ पौवासारतापस्थित पांग्रेभीरमा गइरहेको पहिरोका कारण झापातर्फ तरकारी लैजाादैगरेका १५ वटा गाडी सडकमै छन् । यसैगरी  पााचथर र ताप्लेजुङका लागि खाद्यान्न र इन्धन लिएर आाउदैगरेका सवारी साधनको हालत पनि उस्तै छ । पहिरो रोकिने संकेत नदेखिएपछि केहि किसान र व्यवसायीले कामदार खोजेर एकघण्टा डोकोमा गोलभेडा बोकाउादै पारी पुर्‍याएर झापातर्फ पठाउने प्रयत्न गरिरहेपनि आधाभन्दा धेरै सामग्री कुहिएकाले त्यसको घाटा किसानकै थाप्लोमा पर्ने निश्चित छ । स्थानीय प्रशासनले निरन्तर स्कावेटर लगाएर पहिरो पन्छाउने प्रयत्न गरिरहेको छ । यद्धपि माथिबाट चट्टान सहितको पहिरो र्झन नरोकिादा समस्या यथावत छ । पछिल्लो समय बैकल्पिक वाटो निर्माण गरेर समस्या समाधान गर्न पहल शुरु गरिएको छ ।