रुकुमको लुकुम गाउँमा झाँक्री मेला, युवा पुस्तामा पनि उस्तै आकर्षण

श्रावण ७, २०७६

तान्त्रिकहरु एकै ठाउ भेलाभएर नाच्ने झााक्री मेलाको आकर्षण रुकुमपूर्वमाअहिले पनि उस्तै छ । धेरै बर्ष पहिले भुतप्रेतले गाउालेलाई सताउनथालेपछिभुत प्रेतसंग झाक्रीले जितेको उपलक्ष्यमा रहेक बर्ष साउनको पहिलो सातागाउाभरीकाझााक्रीहरु एकै ठाउा भेलाभईनाच्ने परम्परा सुरु भएको मानिन्छ । यो मेला यो बर्ष साताको पहिलो शनिबार आयोजना गरियो । यसरी झााक्री मेला गरेपछि भुतप्रेत नलाग्ने र दुःखनिवारण भई शान्ती छाउने जनविश्वास छ । भुतप्रेतको आाखानलागोस् भनेर अनुहारमाकालो रंग लगाएर झााक्रीहरु नाच्ने गर्छन् । झााक्रीपोशाकमापुरुषसंगै महिलाझााक्रीपनि समुहमामिसिन्छन् । झााक्री संस्कारमाझााक्री बस्ने व्यक्तिको चेला उसैको भान्जाहुने गर्छ । त्यहीभाञ्जामामाबाट सिकेरझााक्री बन्छ । यसरी भाञ्जाअर्थात चेलाहुने युवाको संख्यापनिउल्लेख्य छ । झाक्रीमेलामाआउने पाहुनालाई सिस्नोले हानेर स्वागतगर्ने अर्को अनौठो चलनपनिछ । साथै मेलाकाअन्य सहभागीहरु पनि एक-अर्कालाई सिस्नोले हानेर रमाउने गर्छन् ।शरिरमा रहेको रोग नष्ट हुने विश्वासका साथ सिस्नोको प्रयोग गर्ने स्थानियको भनाई छ ।मेला हेर्न लुकुमगाउा र आसपासबाट सयौंको संख्यामादर्शक आउने गर्छन् । मध्यपहाडी लोकमार्गको छेवैमा पर्नेलुकुमगाउामा रहेको यो झााक्री संस्कृतीलाई पनि परम्परागत संस्कृतीकारुपमाजगेर्ना गर्न सके साास्कृतिक पर्यटनमा टेवापुग्ने देखिन्छ ।