भूकम्प पीडितलाई नक्कली भन्दै पैसा फिर्ता गर्न प्राधिकरणको ताकेता

पुस २५, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नक्कली भूकम्प पीडितलाई अनुदान रकम फिर्ता गर्न पुस १५ सम्मको समयसीमा तोकेपनि फिर्ता गर्नेको संख्या अत्यन्त न्यून देखिएको छ । -सरकारी तथ्यांक संकलन अनुसार नै दिइएको रकम  फिर्ता गराउन खोजिए पनि कसरी उठाइन्छ भन्ने यकिन छैन । नत सरकारसँग नक्कली पीडित भनेर ताकेता गर्ने नैतिक आधार नै छ ।