Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०७६

समाचार

समसामायिक

अर्घाखाँचीका पसलैपिच्छे उपभोग्य सामग्रीको मूल्य फरक

भाद्र २९, २०७६

अर्घाखाँचीको सन्धिखर्क र चुत्रावेशीमा बजारमा पसलैपिच्छे दैनिक उपभोग्य सामग्रीको मूल्य फरक-फरक छ । मूल्यसूची नहुँदा उपभोक्ता एकातिर ठगिएका छन् भने अर्कातिर चाडवाड नजिकिँदै जाँदा व्यापारीले सामानको भाउ थप मनपरी बढाएका छन् ।
पूरा पढ्नुहोस् »

समसामायिक

झापाका दुई स्थानीय तहका विद्यालयमा आफ्नै पाठ्यक्रम

भाद्र २९, २०७६

प्रदेश नम्बर १ मै पहिलो पटक झापाका दुई वटा स्थानीय तहले विद्यालयको आधारभूत तहमा पाठ्यक्रम बनाई पठनपाठन शुरु गरेका छन् । विर्तामोड नगरपालिका र हल्दीवारी गाँउपालिकाले आधारभूत तहमा शैक्षिक सत्र २०७६ बाट आफैले बनाएको पाठयक्रम शुरु गरेका हुन् ।
पूरा पढ्नुहोस् »

राजनीति

स्थानीय तहमा पनि केन्द्रकै मन्त्री हावी हुने प्रवृत्ति

भाद्र २९, २०७६

प्रदेश र स्थानीय तहले स्वन्त्रतापूर्वक प्रयोग गर्न पाउने अधिकारमा समेत संघीय सरकारका मन्त्रीले हस्तक्षेप गर्न नछाडेपछि टोल र वडास्तरका कार्यक्रममा समेत द्वन्द्व देखिन थालेको छ । पछिल्लो पटक संघीय सरकारका शहरी विकास मन्त्रीले तामझामका साथ नेपालगन्ज उमहानगरको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रको उद्घाटन गरेपछि आफ्नो क्षेत्रमा हस्तक्षेप गरेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले कार्यक्रम नै बहिष्कार गरेका छन् ।
पूरा पढ्नुहोस् »

समसामायिक

कान्छो जिल्ला रुकुम पूर्वमा सदरमुकाम विवादले संरचना नै बनेनन्

भाद्र २९, २०७६

संघीयता कार्यान्वयनपछि बनेको कान्छो जिल्ला रुकुम पूर्वको सदरमुकाम विवाद अझै ट‌ुंगिएको छैन । विवादका कारण संरचना निर्माण सुरु भएको छैन । हाल सदरमुकाम रहेको रुकुमकोटमा भौतिक संरचना अभावले सेवा प्रवाहमै समस्या देखिएको छ ।
पूरा पढ्नुहोस् »

उपत्यका

३ सय ५० वर्षको इतिहासमा रंग

भाद्र २९, २०७६

करिब ३ सय ५० वर्षको इतिहास रहेको लिच्छविकालीन समयलाई नेपाली इतिहासकै स्वर्णकालको रुपमा चिनिन्छ । त्यतिबेलाका थोरै कला, वास्तुकला आज पनि पुरातात्विक सम्पदाका रूपमा जीवित छन् । इतिहासको कोशेढुंगा बन्न सक्ने कतिपय सम्पदाका भने अवशेष पनि बाँकी छैनन् । कलाकार हरिप्रसाद शर्माले लोप भइसकेका ती धरोहर समेतलाइ आकार दिइ लिच्छवीकालीन युगलाई क्यानभासमा उतारेका छन् ।
पूरा पढ्नुहोस् »

समसामायिक

स्पष्ट नीति नहुँदा नेता र कर्मचारीको चलखेल

भाद्र २९, २०७६

सार्वजनिक संस्थान सञ्चालनको मामिलामा अष्पष्ट, अस्थिर र एकाध नेता तथा प्रशासकका तजबिजमा नीति बन्दा राज्यकोषको ठूलो रकम अपव्यय भइरहेको छ । एकातिर घाटामा गएका संस्थानका कर्मचारीलाई सरकारी कोषबाट तलब दिएर पालिँदै छ भने अर्कातिर डेढ दशकअघि खारेज गरिएका कम्पनी पुनः स्थापना गरी राज्यकोषमा अरू भार थपिँदै छ ।
पूरा पढ्नुहोस् »

राजनीति

के नेपाल कूटनीतिक रूपमा चेपुवामा परेको हो ?

भाद्र २९, २०७६

नेपाल कूटनीतिक रूपमा चेपुवामा परेको त होइन ? यसै सन्दर्भमा नवराज पाण्डेले परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदनकुमार भट्टराईसँग कुराकानी गरेका छन्।
पूरा पढ्नुहोस् »

राजनीति

नागरिकता विधेयक थप पेचिलो

भाद्र २९, २०७६

अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फरक प्रस्ताव पेश गरेपछि नागरिकता विधेयकलाई अन्तिम रुप दिने संसदीय समितिको प्रयास असफल भएको छ । सहमति जुटाउन भन्दै समितिको बैठक नै अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  
पूरा पढ्नुहोस् »

राजनीति

अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने पक्षमा ओली

भाद्र २९, २०७६

सत्तारुढ दल नेकपाभित्र एक व्यक्ति एक पदको माग भैरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने दोहोरो जिम्मेवारी नछाड्ने पक्षमा देखिएका छन् । पूर्वमाओवादी धार र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी र सरकारको नेतृत्व फरक फरक व्यक्तिले गर्नुपर्ने भन्दै दबाब दिइरहे पनि ओलीले आफू निकटहरुमार्फत महाधिवेशनसम्म दुवै पद नछाड्ने सन्देश दिएका हुन् । 
पूरा पढ्नुहोस् »

थप केही समाचार