फायरसाइडः अर्थमन्त्री विष्णु पौडेल कि युवराज खतिवडा ?

मंसिर २४, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडः अर्थमन्त्री विष्णु पौडेल कि युवराज खतिवडा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तातो सेलाइसकेको छैन । प्रधानमन्त्रीको रुपमा पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन रोजेका प्रधानमन्त्रीले यसपटकको भ्रमणलाई ऐतिहासिक बताउनुभएको छ। हुन पनि चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षरलाई यो भ्रमणको उपलब्धिको रुपमा व्याख्या गरिएको छ। तर नेपालमा राजनीतिक तथा बौद्धिक वृत्तमा यसमाथि शंकाहरु पनि छन्। कतै नेपाल थप भूराजनीतिक चपेटामा पर्ने त होइन ? वा विकास सहायता अर्थात् एड असिसटेन्सका नाउँमा फेरि नेपाल ऋण बोक्न सहमत भएको त होइन ?

यता, सिथिल अर्थतन्त्रलाई सुधारको बाटोमा अघि बढाउन सरकार किन सफल भइरहेको छैन ? सरकारको प्राथमिकता र रणनीतिमा कहाँ भइरहेको छ कमजोरी ? फायरसाइडको आजको अंकमा चीन र नेपालबीच भएको यो पछिल्लो सम्झौताको मजबुन र अर्थ केलाउनेछौं। साथै, अर्थतन्त्रमाथिका विद्यमान प्रश्नहरुको जवाफ खोज्ने प्रयास गर्नेछौं। आज हामीसँग हुनुहुन्छ, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा । 


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement