फायरसाइडमा निश्चल बस्नेत : निर्माताले चलचित्र बनाउन पैसा कहाँबाट ल्याउँछन् ?

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा निश्चल बस्नेत : निर्माताले चलचित्र बनाउन पैसा कहाँबाट ल्याउँछन् ?

हामी देशको राजनीतिदेखि दिक्क छौं । देश चलाउने राजनीतिज्ञहरुलाई हेर्दाहेर्दा, सुन्दासुन्दा हैरान पनि छौं । कहिलेकाहीँ नयाँ पात्रहरुको अवतरण हुन्छ राजनीतिमा । केही समय तिनले हामीलाई आशा देखाउँछन् । हामी उत्साहित हुन्छौं । विश्वास पनि गर्छौं । तर पात्र फेरिए पनि प्रवृत्तिमा बदलाब भने आउँदैन । 

अनि हामी फेरि निराश हुन्छौं । निराशा हाम्रो अधोगतिको प्रस्थान विन्दु हो । विसंगति र समस्याहरुमाथि जति स्वस्थ बहस र चिन्तन हुन्छ, आगामी बाटाहरु पहिल्याउन सहज हुन्छ ।

चाडबाडको समय अब करिबकरिब सकिएको छ । हामीले तमाम समस्या र कठिनाइका बाबजुद केही उल्लास र उत्साहका साथ दशैं र तिहार मनायौं । यो उत्साह र खुसीमा हामीलाई साथ दिने केही क्षेत्रहरु थिए, केही पक्ष थिए । चलचित्र त्यस्तै एउटा क्षेत्र रह्यो जहाँ केही आशाहरु पलाए । जसले हामीलाई पनि केही त्राण दियो ।

आज समसामयिक राजनीतिभन्दा थोरै पर रहेर संवाद गर्दैछौं । जसरी राजनीति र समाजमा मार्गिनिर्देश गर्ने नयाँ पात्रको खोजी छ, चलचित्रमा पनि नवीन सोच र सिर्जनाको खोजी चलिरहेका बेला उदाएर निर्देशनबाहेक चलचित्र निर्माण, लेखन, अभिनय लगायत थुप्रै विधामा आफूलाई अब्बल प्रमाणित गरिसक्नुभएका निर्देशक निश्चल बस्नेत आज हामीसँग हुनुहुन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement