काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं कांग्रेस नेतृ कान्तिका सेजुवालले सुरक्षा सुनिश्चितता गरेर मात्र नेपाली महिला श्रमिकलाई विदेश पठाउनु पर्ने बताउनुभएको छ ।
सरकारले नेपाली महिला श्रमिकलाई खाडी देश जानमा लाग्दै आएको प्रतिबन्ध खुलाउन लागेको सन्दर्भमा कान्तिपुर समाचारमा कुरा गर्दै सेजुवालले सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी मात्रै यस्तो कदम चालिनुपर्ने बताउनुभयो । नेपाली कामदार महिलाको सुरक्षाको ग्यारेन्टी सरकार वा म्यानपावर कसले लिने भन्ने प्रश्नको स्पष्ट र उचित व्यवस्था हुनुपर्नेमा समेत सेजुवालले जोड दिनुभयो ।