नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले गएको साता पाँच दिनसम्म बसेको पदाधिकारी बैठकमा पदाधिकारीहरूको सामूहिक राजीनामाको कुरा उठाउनुभयो । उहाँले अरूले राजीनामा नदिए पनि आफूले दिएर मार्ग प्रशस्त गर्ने उद्घोष समेत बैठकमा गर्नुभयो । विधानतः पदाधिकारी सङ्ख्या भद्दा भएको र अब पार्टी पुनर्जागरण अभियान केन्द्रीय टिमबाट नै सुरु गर्नु पर्नेमा उहाँको जोड छ । यसै विषयमा हाम्रा सहकर्मी अवतार राईले उपमहासचिव गजुरेललाई ‘तपाईँले राजीनामा घोषणा गर्नुभएको हो ?’ भनेर सोध्नु भएको छ ।