काठमाडौं । सेयर बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको किनबेचको नयाँ रेकर्ड कायम हुँदा सेयर बजार वृद्धि कहिलेसम्म होला भन्ने धेरैको चासो छ । सेयर विज्ञले भने बजार बढ्नुभन्दा पनि लगानीको पक्षमा ध्यान दिन सुझाव दिएका छन् ।
कान्तिपुर समाचारसँग कुरा गर्दै नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले सेयर मूल्यलाई उचाल्दै लैजाने र एकमुष्ट बेचेर बजारबाट रकम लैजाने 'पम्प एन्ड डम्प' प्रवृत्तिबाट सर्वसाधारण सचेत हुनुपर्ने बताउनुभयो ।
बजारमा खराब कम्पनी अर्थात नन पर्फमिङ कम्पनीहरुको सेयर मूल्य बढिरहेकोमा ध्यान दिन उहाँले लगानीकर्तालाई आग्रह गर्नुभयो ।
विस्तृत कुराकानी भिडियोमा :