उपसभामुख इन्दिरा राना मगरले आइतबार बस्ने संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने बताएकी छन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै उपसभामुख रानाले आइतबार बस्ने संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिको सिफारिस गर्ने जानकारी दिएकी हुन् ।
अहिले विभिन्न संवैधानिक निकाय र आयोगमा सातजना पदाधिकारी रिक्त छन् । उपसभामुख रानाले सभामुख देवराज घिमिरेले आफूलाई कुनै अधिकार नदिई विदेश भ्रमण गएको गुनासो गरिन् ।
प्रतिनिधिसभा नियामावलीमा सभामुखले लिखित अधिकार दिएमा वा सभामुख काबुबाहिर रहेको अवस्थामा बैठक प्रारम्भ वा स्थगन गर्न सक्ने व्यवस्था छ । स्विट्जरल्यान्ड जाँदा सभामुख घिमिरेले अधिकार नदिएको गुनासो गरेकी उपसभामुखले यो बीचमा आफ्ना तर्फबाट दलहरुबीच सहमति जुटाउन समन्वय र छलफलको पहल भने गरिनन् ।