काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदाबरीमा हुँदै छ । नीति परिमार्जनसहित संगठन चलायमान बनाउने उद्देश्य राखेको कांग्रेसले महासमिति बैठकमा मुख्य गरी तीन वटा प्रतिवेदनमाथि छलफल गर्दै छ ।
महासमिति बैठकबाटै पन्ध्रौं महाधिवेशनको कार्यतालिका बनाउने तयारी भए पनि शीर्ष नेताहरुकै बीचमा सहमति हुन सकेको छैन । यो महासमिति बैठकले पार्टीको जीवनमा के फरक पार्छ ? राष्ट्रिय राजनीतिमा कस्तो असर पर्ला ? यिनै विषयमा कान्तिपुर समाचारमा सहकर्मी अनिता शाहले राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग कुराकानी गरेकी छन् ।