काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद् बिजनेसबिना नरोकिने बताएका छन् । आज सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनबारे कान्तिपुर समाचारमा कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ । संसद्को हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिन्छ र यसको मुख्य काम हो- कानुन निर्माण गर्नु । तर, सरकार र संसद् सचिवालयको तयारीलाई हेर्दा विधेयक अधिवेशन नै विधेयकविहीन हुने त होइन भन्ने आशंका उब्जिएको छ ।
यसै विषयमा सांसद माधव सापकोटासँग कान्तिपुर समाचारमा सहकर्मी अनिता शाहले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।