आलोपालो प्रधानमन्त्री मलाई थाहा छैन : राजेन्द्र लिङदेन (अन्तर्वार्ता)

पुस १८, २०७९
आलोपालो प्रधानमन्त्री मलाई थाहा छैन : राजेन्द्र लिङदेन (अन्तर्वार्ता)

काठमाडौं । सत्ता गठबन्धनको सहयात्री दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच आलोपालो प्रधानमन्त्री चलाउने सम्झौताबारे अनभिज्ञता प्रकट गरेका छन् ।  

कान्तिपुर टेलिभिजनको फायरसाइडमा पवन आचार्यसँग कुरा गर्दै सोमबार राप्रपा अध्यक्ष लिङदेनले भने, ‘मलाई आलोपालो भन्ने थाहा छैन । किनभने, जुनबेला सहकार्यको टुंगो लाग्यो, त्यसबेला कुनै बुँदामा छलफल भएको, कुनै एग्रिमेन्ट बनेको मलाई थाहा छैन ।’ 

सरकारको नेतृत्व प्रधानमन्त्री दाहालले गरे पनि सत्ता साझेदार दलको मुख्य नेताको हैसियतले एमाले अध्यक्ष ओलीको पनि भूमिका रहने लिङदेनको तर्क छ । 

‘पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । स्वभाविकरुपमा त्यसको नेतृत्व उहाँले गर्नुभएको छ’ लिङदेन भन्छन्, ‘सँगसँगै, अर्को स्वाभाविक कुरा के हो भन्दा सत्ता साझेदार दलको मुख्य दलको नाताले केपी ओलीले पनि त्यही प्रकारको भूमिका निर्वाह गरिहाल्नुहुन्छ ।’

सरकारलाई समर्थन जनाएको राप्रपा सरकारमा जान्छ कि बाहिरै बस्छ भन्ने कान्तिपुरको प्रश्नमा लिङदेनको जवाफ छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी जतिचोटि सरकारमा गयो, त्यतिचोटि पछाडि परेको छ । त्यो भय अहिले पनि हाम्रा कार्यकर्ता र शुभेच्छुकहरूमा छ ।’

सम्बन्धित समाचार...

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

वाग्मतीको सरकार गठनमा राप्रपा निर्णायक, एमाले दबाबमा

सरकारलाई राप्रपाको सर्तैसर्त : भन्यो- एकता दिवस मनाउनुपर्छ, बिदा पनि दिनुपर्छ

प्रदेश संरचना खारेजीको माग राख्ने राप्रपाको वाग्मतीमा १३ सिट, मुख्यमन्त्री दाबी