बंगलादेशमा फेब्रुअरी १२ मा आम चुनाव हुने

शेख हसिनाको पार्टी आवामी लिग भने चुनावी प्रतिस्पर्धाबाट बाहिर
मंसिर २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बंगलादेशमा फेब्रुअरी १२ मा आम चुनाव हुने

काठमाडौं । बंगलादेशका प्रमुख निर्वाचन आयुक्त एएमएम नसिरूद्दिनले अर्को वर्ष चुनाव हुनेगरी मिति घोषणा गर्नुभएको छ ।

बिहीबार साँझ चुनावको मिति घोषणा भएअनुसार बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुनेछ । शेख हसिनालाई सत्ताबाट अपदस्त गरेको डेढ वर्षपछि यो निर्वाचन हुन लागेको हो । विद्यार्थी आन्दोलनका कारण पूर्वप्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारत भाग्नुभएकाे थियाे । 

त्यसबेलादेखि बंगलादेशमा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार छ । हसिना अहिले पनि भारतकै शरण लिएर बसिराख्नुभएकाे छ । हसिनाको पार्टी आवामी लिग भने आगामी चुनावमा भाग लिन भने पाउने छैन । किनकी निर्वाचन आयोगले मे २०२५ मा बंगलादेशको सबैभन्दा ठूलो पार्टी अवामी लिगको दर्ता नै खारेज गरिसकेको छ।