टर्किएको सैन्य कार्गो विमान जर्जियामा दुर्घटना हुँदा २० को मृत्यु, घटनाको छानबिन सुरू

अनुसन्धानमा सघाउने विमान निर्माता कम्पनी लकहीड मार्टिनको प्रतिबद्धता
कार्तिक २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
टर्किएको सैन्य कार्गो विमान जर्जियामा दुर्घटना हुँदा २० को मृत्यु, घटनाको छानबिन सुरू

काठमाडौं । जर्जियामा टर्किस सैन्य कार्गो विमान दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको टर्किएको सरकारले पुष्टि गरेको छ ।

अजरबैजानसँग सीमा जोडिएको जर्जियाको सिघ्नाघिमा मंगलबार सैन्य विमान दुर्घटना भएको टर्किएको रक्षा मन्त्रालयले जनाएको हो । अजरबैजानी सहर गान्जाबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको थियो । मन्त्रालयले जर्जियाली अधिकारीसँगको समन्वयमा दुर्घटनाको अनुसन्धान सुरू गरिएको पनि जनाएको छ । 

विमान जर्जियाको आकाशमा प्रवेश गर्न बित्तिकै सम्पर्कविहीन भएको थियो । त्यसको केही समयममा धुँवाको मुस्लोसहित विमान जमिनमा खसिरहेको भिडियो सार्वजनिक भयाे । टर्किएका राष्ट्रपति रेसेप तायिप इर्दोगानसहित जर्जिया र अजरबैजानका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

दुर्घटना भएको हर्कुलस विमानकाे निर्माता कम्पनी लकहीड मार्टिनले पनि आवश्यकताअनुसार अनुसन्धानमा सघाउने जनाएको छ ।