अमेरिकाले रुसबाट जफत गरिएको २० अर्ब डलरको कोष युक्रेनलाई दियो

रुसले युद्धको मूल्य चुकाउनुपर्ने भएकाले युक्रेनलाई सहयोग गरेको अमेरिकी भनाइ
मंसिर २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले रुसबाट जफत गरिएको २० अर्ब डलरको कोष युक्रेनलाई दियो

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब अमेरिकी डलर सहयोग गरेको छ । अमेरिकाले यो कोष रुसबाट जफत गरिएको सम्पत्तिबाट लिएको हो । युक्रनेलाई अमेरिकाले दिएको नयाँ आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई जुन महिनामा जी सेभेन समूहका सदस्य राष्ट्रहरूले घोषणा गरेका थिए ।

रूसले युद्धको मूल्य चुकाउनुपर्ने भन्दै जफत गरिएको सम्पत्तीबाट युक्रेनलाई मद्दत गरिएको अमेरिकाको भनाइ छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट युक्रेनलाई दिइएको आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु भएको बताउनुभयो ।

अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले त्यही रकम पाउने अमेरिकी अर्थमन्त्री येलेनले स्पष्ट पार्नुभएको हो । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्ने भन्दै प्रतिबद्धता व्यक्त गरेकाले अमेरिकी जो बाइडन प्रशासनले युक्रेनलाई थप आर्थिक सहयोग गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement