गत वर्षको तुलनामा भोकमरी १० प्रतिशतले वृद्धि : विश्व खाद्य कार्यक्रम

मंसिर ८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गत वर्षको तुलनामा भोकमरी १० प्रतिशतले वृद्धि : विश्व खाद्य कार्यक्रम

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गत वर्षको तुलनामा भोकमरीको संख्यामा १० प्रतिशतले वृद्धि भएको जनाएको छ। डब्ल्यूएफपीको रोमस्थित मुख्यालयमा जारी गरिएको सन् २०२५ को ‘ग्लोबल आउटलूक’ प्रतिवेदनमा भोकमरीको संख्यामा वृद्धि भएको उल्लेख गरिएको हो ।

प्रतिवेदनमा सन् २०२५ मा भोकमरीमा परेका १२ करोड ३० लाख मानिसहरूलाई सहायता उपलब्ध गराउन करिब १६.९ अर्ब अमेरिकी डलर आवश्यक पर्ने पनि उल्लेख छ । साथै ७४ देशका कम्तीमा ३४ करोड ३० लाख मानिस खाद्य असुरक्षाको चपेटामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । भोकमरीको अवस्था झन् जटिल बन्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आवश्यकतामा परेका मानिसहरूसम्मको पहुँच अप्ठ्यारो र महँगो हुँदै गएको प्रतिवेदनमा जनाइएको छ ।