अमेरिकाको जर्जियास्थित एक विद्यालयमा गोली चल्दा चारको मृत्यु, नौ जना घाइते

१४ वर्षीय बालकलाई हत्याको अभियोग लगाइने
भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको जर्जियास्थित एक विद्यालयमा गोली चल्दा चारको मृत्यु, नौ जना घाइते

काठमाडौं । अमेरिकाको जर्जिया राज्यस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

ब्यारो काउन्टीस्थित अपालाचे विद्यालयमा अध्ययनरत १४ वर्षीय विद्यार्थी कोल्ट ग्रेले आफ्नै दुई जना सहपाठी र दुई जना शिक्षकको गोली हानी हत्या गरेको जर्जियाको ब्युरो अफ इन्भेस्टिगेसनले जनाएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो करीब साढे १० बजे उक्त घटना भएको हो ।

गोलीकाण्डपछि विद्यालयकै दुईजना अधिकारीले ग्रेलाई समातेका थिए । ग्रेलाई एक वयस्कको रूपमा मुद्दा चलाइने जनाइएको छ। उक्त विद्यालयमा करिब १९ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

एक वर्षअघि अर्थात् २०२३को मेमा संघीय जाँच ब्युरो एफबीआईले विद्यालयमा गोलीबारी गर्ने भन्दै अनलाइनमा धम्की दिएको र बन्दुकको तस्बिर पोष्ट गरेको विषयमा ग्रे र उसको बुवासँग सोधपुछ गरेको थियो । त्यसबेला उनलाई त्यसै छाडिदिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement