कुवेत आगलागी अपडेट : मृत्यु हुनेको संख्या ४९ पुग्यो

जेष्ठ ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुवेत आगलागी अपडेट : मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं । कुवेतको माङ्गाफस्थित मजदुर बस्ने एक भवनमा आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने भवनमा आगलागी हुँदा ४९ श्रमिकहरूको मृत्यु भइसकेको कुवेतको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ ।

घटनामा ५० भन्दा बढी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये पाँच जना नेपाली श्रमिक परेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरु हाम फाल्ने क्रममा घाइते भएको बताइएको छ । नेपाली दूतावासको टोली घटनास्थल र अस्पतालमा खटाइएको छ ।

त्यस्तै घाइतेमध्ये ३० जना भारतीय कुवेतस्थित भारतीय राजदूतले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । उक्त घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् भने मृतक परिवारलाई जनही २ लाख दिने घोषणा गरेका छन् । स्थानीय समय अनुसार हिजो बिहान ६ बजे उक्त भवनको तल्लो तलामा रहेका भान्छा कोठाबाट आगो सल्किएको थियो । खाना पकाउने ग्यासको सिलिन्डर पकडेर आगलागी भएको प्रारम्भिक अनुमान रहेको छ ।

६ तले उक्त भवनमा करिब एक सय ९५ जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरू रहेका छन् । १५ घाइतेको जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुबारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री शेख फहाद अल-युसुफ अल–सबाहले आगलागी भएको भवनका मालिक, सुरक्षा गार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement