अमेरिकी ऋण सीमा विधेयक पारित, विपक्षी सांसदको ‘क्रस भोटिङ’

जेष्ठ १८, २०८०
अमेरिकी ऋण सीमा विधेयक पारित, विपक्षी सांसदको ‘क्रस भोटिङ’

वासिंटन । विवाद र बहसकै बीचमा अमेरिकी ऋण सीमा विधेयक तल्लो सदन हाउसबाट बहुमतले पारित गरेको छ ।

कट्टरपन्थी रिपब्लिकन विधायकहरुको विरोधका बाबजुद पनि डेमोक्रयाट र रिपब्लिकन दुबै दलका सांसदहरुले विधेयकमा समर्थन जनाएपछि बहुमत जुटेको हो ।

यो विधेयकबाट सार्वजनिक खर्चको अभाव हुनबाट बच्न पूर्वनिर्धारित समयसीमाको जोखिम टरेको छ । विपक्षी दल रिपब्लिकनको बहुमत रहेको तल्लो सदनमा भएको मतदानमा ३१४ जना पक्षमा र ११७ जनाले विपक्षमा मतदान गरेका छन् ।

अब यो विधेयक माथिल्लो सदन सिनेटमा जानेछ । राष्ट्रपति बाइडेनले सोमबारसम्म यसलाई प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।