जी-ट्वान्टी पर्यटन बैठक : पाकिस्तानमा विरोध प्रदर्शन

जेष्ठ ९, २०८०
जी-ट्वान्टी पर्यटन बैठक : पाकिस्तानमा विरोध प्रदर्शन

इस्लामाबाद । भारतको कश्मीरमा भइरहेको जी-ट्वान्टी बैठकको पाकिस्तानशासित कश्मीरमा विरोध भएको छ ।

भारतशासित कश्मीरको गृष्म राजधानी श्रीनगरमा बुधबारसम्म हुने तीनदिने बैठकको पाकिस्तान र चीनले विरोध जनाएका छन् ।

पाकिस्तान शासित कश्मीरको राजधानी मुजफरावादमा दर्जनौं प्रदर्शनकारीले भारतलाई फिर्ता हुन र जी ट्वान्टी बहिष्कार गरौं भनेर नारा लगाएका थिए । पाकिस्तानको विदेशमन्त्री बिलावाल भुट्टो जरदारीले काश्मिरको विधानसभालाई सम्बोधन गर्दै जी ट्वान्टीको बैठक गैरकानुनी भएको र भारतले विवादास्पद क्षेत्रमा वैधता हासिल गर्न खोजेको आरोप लगाएका छन् । उनले विश्व समुदायले भारतले गरेको मानवअधिकार उल्लंघनको हेक्का राख्नुपर्ने जिकिर गरेका छन् ।

भारतले काश्मिरको विशेष हैसियत सन् २०१९ को अगस्तमा खारेज गर्दै संघीय भूभागमा परिवर्तन गरेपछि यो पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । यसको चीनसहितका पाँच मुलुकले बहिष्कार गरेका छन् ।

कश्मीरमा आयोजित जी–ट्वान्टीको पर्यटन बैठकमा चीन सहभागी नहुने, पाकिस्तानको पनि आपत्ति