आफूहरूविरुद्ध उभिएकोमा जी- सेभेनप्रति रुस र चीनको प्रतिवाद

जेष्ठ ८, २०८० |कान्तिपुर टीभी संवाददाता
आफूहरूविरुद्ध उभिएकोमा जी- सेभेनप्रति रुस र चीनको प्रतिवाद

काठमाडौं । रुस र चीनले जी- सेभेनलाई आफू विरुद्ध उभिएकोमा कडा प्रतिवाद गरेका छन् ।

जापानको हिरोसिमामा सम्पन्न जी- सेभेन राष्ट्रको सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा रुस र चीनले दिने चुनौतीको ख्याल राख्दै सहकार्य गर्ने उल्लेख छ । त्यसप्रति रुस र चीनले आपत्ति जनाएका हुन् । 

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जी-सेभेनले रुस र चीनलाई रोकथाम गर्ने एजेन्डाको आफ्नो बडप्पनमा चुर्लुम्म डुबेको आरोप लगाए । त्यसै गरी चीनको परराष्ट्र मन्त्रालयले जी-सेभेनका नेताहरु अन्तर्राष्ट्रिय शान्तिमा बाधक रहेको आरोप लगाउँदै आफ्ना व्यवहारको आत्मालोचना गर्न सुझाव दिएको छ । 

शक्तिशाली लोकतान्त्रिक देशहरूको समूह जी-सेभेनले युक्रेन युद्धलाई पक्षपोषण गर्ने गतिविधिमा रुस र चीनलाई कडा प्रतिबन्ध लगाउने वाचा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.