नोबेल पुरस्कार विजेता केञ्जाबुरो ओइको निधन

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
नोबेल पुरस्कार विजेता केञ्जाबुरो ओइको निधन

टोकियो । जापानी उपन्यासकार एवं नोबेल पुरस्कार विजेता केञ्जाबुरो ओइको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको निधन भएको केञ्जाबुरोको प्रकाशक कोदान्साले सोमबार जनाएको छ ।

कोदान्साले एक विज्ञप्तिमार्फत भनेको छ, 'केञ्जाबुरोको निधन उनको वृद्धावस्थाका कारण भएको हो । उनी मार्च २ को प्रारम्भिक घण्टामा स्वर्गवास भए ।' उक्त प्रकाशकले केञ्जाबुरोको पारिवारिक अन्त्येष्टि भने पहिले नै भइसकेको उल्लेख गरेको छ ।

जापानको एहिमे प्रान्तमा सन् १९३१ को जनवरी ३१ मा जन्मेका केञ्जाबुरो समकालीन जापानी साहित्यका प्रमुख व्यक्तित्व थिए । उनले सन् १९९४ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरे ।

नोबेल समितिले उनलाई 'काव्यिक शक्तिले एउटा काल्पनिक संसार सृजना गर्ने व्यक्ति'को रूपमा वर्णन गरेको थियो । उपन्यासकार यासुनारी कावाबातापछि साहित्यतर्फको नोबेल पुरस्कार जित्ने दोस्रो जापानी थिए केञ्जाबुरो । 

अ पर्शनल म्याटर, द साइलेन्ट क्राई, प्राइज स्टक, हिरोसिमा नोटस् र डेथ बाइ वाटरलगायत उनका केही उल्लेखनीय कृतिहरू छन् । 

उपन्यासकार केञ्जाबुरो आणविक हतियारविरुद्धको अभियानमा संलग्न एक प्रतिबद्ध शान्तिवादी लेखकसमेत थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement