किम जोङ उनले भने, 'आणविक शक्ति नै उत्तर कोरियाको अन्तिम लक्ष्य हो'

मंसिर ११, २०७९
किम जोङ उनले भने, 'आणविक शक्ति नै उत्तर कोरियाको अन्तिम लक्ष्य हो'

प्योङयाङ । किम जोङ उनले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति नै उत्तर कोरियाको लक्ष्य रहेको बताएका छन् ।

दर्जनौँ सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा उक्त स्तर कायम गर्ने उत्तर कोरियाको अन्तिम लक्ष्य भएको नेता किम जोङ उनले बताएको त्यहाँको  सरकारी सञ्चार माध्यमले जनाएको छ । 

नयाँ ह्वासुङ्ग १७ अन्तर महादेशीय व्यालिष्टिक क्षेप्यास्त्रको परीक्षणको निरीक्षण र नोभेम्बर १८को आणविक हतियारहरूका साथ अमेरिकी सामरिक चुनौतीको सामना पछि विश्वको आणविक शक्ति बन्ने आकाङ्क्षा किमले व्यक्त गरेका हुन् । उनले आफ्नो छोरीसँग परीक्षणमा संलग्न प्राविधिक, सैन्य अधिकारी र अन्य व्यक्तिहरुसँग खिचेको तस्बिर सार्वजनिक भएको थियो । 

किमले आणविक शक्ति बन्न कुनै कसर बाँकी नराख्ने र त्यस लक्ष्यमा निरन्तर लागी रहने बताएका छन् । आणविक शक्तिले उत्तर कोरियाको सार्वभौमसत्ताको सबलीकरण गर्ने र यो रणनीतिक शक्ति पनि हो किमले आदेशमा भनेका छन् । ह्वासुङ्ग १७ विश्वको बलियो सामरिक हतियार हो र उत्तर कोरियाले बलियो सेना तयार गर्ने सङ्कल्प र क्षमता देखाएको उनले बताएका छन् ।