मलेसियाका विपक्षी नेता अन्बर इब्राहिम प्रधानमन्त्रीमा नियुक्त

मंसिर ९, २०७९
मलेसियाका विपक्षी नेता अन्बर इब्राहिम प्रधानमन्त्रीमा नियुक्त

क्वालालम्पुर । बिहीबार मलेसियाको सुल्तान अब्दुल्लाह शाहको राजप्रसादले जनाए अनुसार मलेसियाको विपक्षी नेता अन्बर इब्राहिमलाई नियुक्त गरेका छन् । यही शनिवार नोभेम्बर १९ तारिखका दिन मलेसियामा सम्पन्न भएको आमनिर्वाचनमा अभूतपूर्व रूपमा त्रिशङ्कु संसद्को नतिजा प्राप्त गरेको थियो । कुनै पनि दुई मुख्य गठबन्धन चाहे  अन्बरले नेतृत्व गरेको होस् वा चाहे पूर्व प्रधानमन्त्री मुहियुद्दिन यासिनले गरेको होस् दुवैले तत्कालै सरकार गठन गर्न पर्याप्त संसदीय सिट हासिल गर्न सकेनन् । 

अन्बरको यो तीन दशक लामो राजनीतिक यात्रामा उनी प्रमुख कार्यकारीका स्पष्ट उत्तराधिकारी थिए भने कहिले यौन अपराधका अभियुक्त बन्दी भएर लामो समयसम्म विपक्षी नेताको आरोह अवरोह झेलेका छन् । ७५ वर्षीय यी नेताले विभिन्न कालखण्डमा मलेसिया सरकारको कार्यकारी सम्हाल्न निकट रूपमा दाबी गरे पनि उनलाई प्रधानमन्त्रीमा चयन गराउन इन्कार गरिएका थिए । उनी सन् १९९०को दशकमा उपप्रधानमन्त्री र सन् २०१८मा औपचारिक प्रत्याशी प्रधानमन्त्री भएका थिए । यस बीचमा दशकसम्म यौन गतिविधिको आरोप र भ्रष्टाचारको मुद्दामा कारावास सजाय भोगेका छन् । उनको धारणामा उनीमाथिको यी व्यवहारहरू उनको राजनीतिक वृत्ति अन्त्य गर्न गलत राजनीतिक मनसायले प्रेरित रहेको अन्बरले विमति जनाएका छन् । 

अन्बर इब्राहिमलाई १०औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि मलेसियाको लामो राजनीतिक सङ्कटको अन्त्य भएको अर्थात् २४ वर्षअघि तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले अन्बरलाई सरकारबाट बर्खास्त गरेपछि शुरुवात भएको हो । यो मलेसियाको राजनीतिको एक प्रमुख मोड थियो विश्लेषकहरूले जनाएका छन् । एक वरिष्ठ युनाईटेड माले न्यास्नलिष्ट अर्गनाइजेशनको नेता जसले सत्तारुढ गठबन्धन बिरुद्ध एक विश्वसनीय प्रतिपक्षी दल गठन गरेर विपक्षी गठबन्धनमा सामेल हुँदै दुई दशकहरूदेखि परिचालित रहेका अन्बर इब्राहिम थिए जानकारहरू भन्छन् ।