पेरुका प्रधानमन्त्री तोरेसको राजीनामा स्वीकृत

मंसिर ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
पेरुका प्रधानमन्त्री तोरेसको राजीनामा स्वीकृत

पेरू । पेरुको कंग्रेसले प्रधानमन्त्री अनिबल तोरेस्को संसद्मा विश्वासको मत प्राप्त गर्ने निवेदन पूर्णरुपमा अस्वीकार गरेको छ । अनिबलले कानुन ३१३९९ लाई खारेज गर्न खोजेका छन् । त्यस कानुनमा नागरिकको प्रत्यक्ष राजनीतिक सहभागिताको अधिकार वञ्चित गरेको र त्यस्ता कार्य गर्न सो कानुनले निषेध गरेको छ । 

वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलाले अनिबलको राजीनामा स्वीकृत गर्दै मन्त्रीपरिषद्को पुनरागठन गर्ने बिहीबार नोभेम्बर २४ मा घोषणा गरेका छन् । राष्ट्रपति क्याष्टिलोले केही हप्ता अगाडि सरकार विरुद्ध प्रदर्शनको सामना गरेका छन् भने कंग्रेसलाई यो बदलिएको घटनाले गर्दा विधिको शासन, जनताको अधिकार, लोकतन्त्र र राज्यको संयन्त्रको नियन्त्रण तथा सन्तुलनको पालना गर्न भनेका छन् । 

यो घटनाक्रमलाई नियाल्दा कंग्रेस विधायकहरूलाई पदपूर्तिको जानकारी जबरजस्त नदिने, गालीगलौज, अस्वाभाविक निलम्बन, राजनीतिक अक्षमता, र देश द्रोहको झुटा आरोपले जनतामा निहित सार्वभौमसत्ताको खिल्ली उडाएको विश्लेषण गरिएको छ ।

राजीनामा दिएका अनिबलले विपक्षी दलको दबाबसामु कंग्रेसमा विश्वासको मत प्राप्त गर्ने निवेदनलाई सदनले अस्वीकार गरेको छ । सदनले कुनै पनि अवस्था नभएकोले सो संसदीय अभ्यास नगर्न निर्णय लिएको भनेको छ । विश्वासको मतले कंग्रेसलाई दबाब दिँदा सरकारका दुई अङ्ग कार्यपालिका तथा व्यवस्थापिकाबीच तनाव उत्पन्न भएको छ । 

कंग्रेसको विपक्षी दलले राष्ट्रपति क्याष्टिलोलाई दुई पटक महाअभियोग लगाएता पनि असफल भएको छ तर कंग्रेसले उनको आलोचना र उनका क्याबिनेट सदस्यहरूलाई पदमुक्त भने गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.