इन्डोनेसियामा शक्तिशाली भूकम्प : १६२ जनाको मृत्यु

मंसिर ६, २०७९
इन्डोनेसियामा शक्तिशाली भूकम्प : १६२ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा एक सय ६२ जनाको मृत्यु भएको छ ।

पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिएका हुन् ।

घना आवादी भएको क्षेत्रमा भूकम्प गएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । अमेरिकाको भूगर्व सर्भे (यूएसजीएस) का अनुसार राजधानी जकार्ताबाट एक सय किलोमिटर टाढाको सियान्जुरलाई केन्द्र बिन्दु बनाएर ५.६ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी घाइते भएकाहरुले अस्पतालको बेड भरिएको तथा कतिपय बिरामीको बाहिरै राखेर उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

अझै पनि केही मानिस भूकम्पले ढलेका भवनको भग्नावशेषमा पुरिएको हुन सक्ने अनुमान गरिएको छ ।