मलेसियामा आज आम निर्वाचन, पूर्वप्रधानमन्त्री महाथिर र विपक्षी नेता अनवरको दलबीच कडा प्रतिस्पर्धा

मंसिर ३, २०७९
मलेसियामा आज आम निर्वाचन, पूर्वप्रधानमन्त्री महाथिर र विपक्षी नेता अनवरको दलबीच कडा प्रतिस्पर्धा

कोलालम्पुर । मलेसियामा आज आम निर्वाचन हुँदैछ । विपक्षी दलका नेता अनवर इब्राहिम गठबन्धनले आज हुने चुनावमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । यद्यपि, यो गठबन्धनले बहुमतको सरकार भने गठन गर्न नसक्ने आकलन गरिएको छ ।

मलेसियामा आज भइरहेको चुनावलाई पूर्व प्रधानमन्त्री महाथिर बिन मोहम्मदको उम्मेद्‌वारीले गर्दा पनि विशेष चासोको साथ हेरिएको छ ।

९७ वर्षीय महाथिर मोहम्मद यसभन्दा अघि सातपटक मलेसियाको प्रधानमन्त्री भइसकेका छन् । यस चुनावपछि गठबन्धन सरकारको नेतृत्व गर्ने दौडमा विपक्षी दलका नेता अनवर इब्राहिम छन् ।

केही राजनीतिक विज्ञहरुले महाथिर मोहम्मदको नाम पनि भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । मलेसिया आफ्नो इतिहासको कठिन कालखण्डबाट गुज्रिरहेको छ । अहिले महंगी र बिग्रदै गइरहेको अर्थतन्त्रको सामना गरिरहेको छ ।

पछिल्लो दुई वर्षमा मलेसियामा दुई नयाँ प्रधानमन्त्री बन्नुले देशको राजनीतिक अवस्था नाजुक बन्दै गएको चित्रण गर्छ ।

फेब्रअरी २०२० मा प्रधानमन्त्री महाथिर महोम्मदले राजीनामा दिएयता मलेसियामा दुई प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

१ मार्च २०२० मा मुहिद्दीन यासिनले राजीनामा दिएका थिए । गठबन्धन सांसदहरूले आफ्नो समर्थन फिर्ता लिएपछि यासिनले राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि २१ अगस्ट २०२१ मा स्माइल साबरी प्रधानमन्त्री भएका थिए । तर गत १० अक्टुबरमा उनले संसद् भंग गरी आम निर्वाचनका लागि बाटो खुला गरिदिएका थिए ।

मलेसियामा दुई करोडभन्दा बढी मतदाता छन्, जसले २२२ जना सांसद छान्नेछन् ।